
काठमाडौं, मंसिर २९ गते । न्यायको लडाइँमा साथ दिएको भन्दै नवराज विकका बुबाले धन्यवाद दिएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित -याली शान्तिबाटिकामा पुगेर सभामा परिणत भएको थियो, जहाँ नवराजका बुबा मोहन बिकले न्यायको लडाइँमा साथ दिएकोमा धन्यवाद दिए । उहाँले धन्यवाद दिँदै जमिनमा ढोक्नुभयो ।
१० जेठ २०७७ मा प्रेमिकालाई लिन साथीसहित रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती गाउँ पुगेका जाजरकोटको भेरी नगरपालिका–४ सानागाउँका २१ वर्षीय नवराजसहित ६ जनाको हत्या भएको थियो ।
जिल्ला अदालत, रुकुम पश्चिमले १९ मंसिरमा नवराज विकसहित ६ जनाको हत्यामा संलग्न भएको अभियोगमा २३ जनालाई जन्दकैदको सजाय सुनाएको थियो ।