जनप्रतिनिधिबीचको विवादका कारण डुडुवा गाउँपालिकाको गाउँसभा स्थगित

काठमाडौं, – जनप्रतिनिधिबीचको आन्तरिक विवादका कारण बाँकेको डुडुवा गाउँपालिकाको १५ औँ गाउँसभा स्थगित भएको छ । विवादकै कारण सभामा केही सदस्य अनुपस्थित भएपछि गणपुरक संख्या नपुगेर सभा स्थागित भएको हो।

गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बिहीबार दिउँसो १५ औं गाउँसभा आह्वान गर्नुभएको थियो ।

सभाको बैठकमा गणपुरक सदस्यहरुको संख्या नपुगेपछि सूचना टाँस गरेर स्थागित गरिएको प्रमुख प्रशासकीय अधिकृत गिरबहादुर सेजुवालले जानकारी दिनुभयो । अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थागित भएको उहाँले बताए ।

डुडुवाको गाउँसभामा यसअघि पनि जनता समाजवादी पार्टी (जसपा) र नेकपा एमाले सम्वद्ध जनप्रतिनिधिले विवाद सिर्जना गरेपछि विवादित बनेको थियो।