नागढुंगाबाट करिब ३ सय मिटर तल खसेको पहिरोका कारण दुईतर्फी सवारी आवागमन अवरुद्ध भएको छ । काठमाडौँको चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुंगामा पहिरो खसेर राजमार्ग अवरुद्ध भएको हो ।
पहिरो खस्ने क्रम नरोकिएको नागढुंगाका इन्स्पेक्टर हेम थपलियालाले रातोपाटीलाई बताए । माथिबाट माटो र ढुंगा खस्न रोकिएपछि पहिरो पन्छाउने गरी दुवैतर्फ डोजर तयारी अवस्थामा राखिएको छ ।