नक्कली डाक्टरसहित १७ जना पक्राउ

बुधबार दिउँसो यातायात व्यवस्था कार्यालय परिसर इटहरीबाट प्रहरीले नक्कली चिकित्सकसहित १७ जना बिचौलियालाई पक्राउ गरेको छ ।

कार्यालयहरुको स्थलगत अनुगमन गर्दा आफूलाई डाक्टर भनि चिनाउने नक्कली डाक्टर व्यक्तिसहित १७ जना अन्य बिचौलियालाई पक्राउ गरिएको जिल्ला प्रशासन कार्यालय सुनसरीले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी वेदराज फुयाँलका अनुसार पक्राउ परेकाहरुमाथि कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको छ । पक्राउ परेकालाई इलाका प्रहरी कार्यालय इटहरीमा राखिएको छ ।