रवि लामिछानेलाई आज काठमाडौँ ल्याइने

काठमाडौँ  — सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज काठमाडौँ ल्याइँदै छ।

काठमाडौँको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलन गरेकाे आरोपमा लामिछानेलाई बयानका लागि काठमाडौँ ल्याउन लागिएकाे हाे।

Laxmi sunrise bank 2034

गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक एवं पूर्वगृहमन्त्रीसमेत रहेका उनलाई पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कात्तिक २ पक्राउ गरिएकाे थियाे।

लामिछानेलाई बुद्ध एयरको जहाजमार्फत काठमाडौँ ल्याउने तयारी भएकाे बताइएकाे छ।

कालीमाटीकाे स्वर्णलक्ष्मी ठगी प्रकरणमा लामिछानेलगायतविरुद्ध ६४५ बचतकर्ताले प्रहरीमा जाहेरी दिएका थिए। गीतेन्द्रबाबु (जीबी) राई अध्यक्ष रहेकाे तथा याे सहकारीबाट १ अर्ब ११ करोड रकम अपचलन भएको प्रहरीको प्रारम्भिक अनुमान छ।

याे सहकारी ठगीमा रविविरुद्ध पक्राउ पुर्जी जारीसमेत भइसकेको छ।

Nabil bank