काठमाडौँ — सहकारीको रकम अपचलनमा हिरासतमा रहेका छविलाल जोशीलाई पोखराबाट पर्सा लगिएको छ। पर्साको सानोपाइला सहकारी संस्थाबाट गोरखा मिडियामा अवैध रूपमा रकम लिएको प्रकरणमा उनीलाई वयानका लागि पर्सा लगिएकाे हाे।
उनीसँगै सोही प्रकरणमा हिरासतमा रहेका रामबहादुर खनाललाई पनि पोखराबाट पर्सा लगिएको प्रहरीले जानकारी दिएको छ।
आइतबार राती स्थलमार्ग हुँदै उनीहरूलाई पर्खा लगिएको हो। आज सोमबारदेखि पर्सा सरकारी वकिलको कार्यालयमा उनीहरूको बयान लिन सुरू हुनेछ।
पर्खामा रास्वपा सभापति रवि लामिछानेमाथि पनि पक्राउ पूर्जी जारी भएको छ। उनलाई कहिले पर्सा लैजाने भन्ने विषयमा प्रहरी अधिकारीहरू बोल्न चाहँदैनन्।