धरौटी बुझाएर छुट्नासाथ अदालतबाटै पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौँ — मेडिकल व्यवसायी दुर्गा प्रसाईं पुनः पक्राउ परेका छन्।

बिहीबार जिल्ला अदालत काठमाडौँमा धरौटी बुझाएर छुट्नासाथ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले प्रसाईंलाई पक्राउ गरेकाे हाे।

उनलाई न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले ४० हजार दिएको थियाे। धरौटीमा छाड्न आदेश  लगत्तै उनलाई अदालत परिसरबाटै पक्राउ गरिएकाे हाे।