काठमाडौँ — काठमाडौं महानगरपालिकाका पूर्वमेयर प्रेमलाल (पीएल) सिंहको निधन भएको छ।
पूर्वमन्त्रीसमेत रहेका ८५ वर्षीय सिंहको ठमेलको चाक्सीबारीस्थित निवासमा निधन भएको हो। उनी लामो समयदेखि आन्द्राको समस्याबाट पीडित थिए।
२०४९ मा स्थानीय निर्वाचन जितेर उनी तत्कालीन काठमाडौं नगरपालिकाका मेयर बनेका थिए। पञ्चायत व्यवस्थापछि सिंह काठमाडौंका पहिलो मेयर हुन्। सिंहको निधनमा काठमाडौं महानगरले शोक विदा दिएको छ।