काठमाडौँ — भाटभटेनीका सञ्चालक मीनबहादुर गुरूङबाट दानमा जग्गा लिएको विरोध गरेका दुई नेतालाई एमालेले कारबाही गरेको छ।
एमालेको बुधबार बसेको सचिवालय बैठकले स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनलाई जिम्मेवारीबाट हटाएको हो।
पार्टीको कार्यालय भवन बनाउन दानमा जग्गा लिएको विषयमा पाण्डे र तिम्सेनाले सामाजिक सञ्जाल र सार्वजनिक मञ्चबाटै विरोध व्यक्त गरेका थिए।
सो विषयमा पार्टीले उनीहरूलाई स्पष्टीकरण सोधेको थियो। उनीहरूले बुझाएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै बुधबार बसेको सचिवालय बैठकले ६ महिनाका लागि जिम्मेवारीबाट हटाएको हो।
आजकै बैठकले पार्टीका पूर्वअध्यक्ष भीम रावललाई साधारण सदस्यबाट पनि हटाउने निर्णय गरेको थियो। पार्टी कार्यालय भवन निर्माणका लागि दानमा जग्गा लिएको विषयमा परेको रिट सर्वोच्चले खारेज गरिदिएको छ।