संस्कृतिमा हामी नेपाली धेरै धनी छौँ : प्रधानमन्त्री ओली

काठमाडौँ —  सोमबार (आज) गुरुङ समुदायको प्रमुख पर्व स्वदेश तथा विदेशमा धुमधामका साथ मनाइँदैछ।

Laxmi sunrise bank 2034

यस अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै प्रधानमन्त्रीले भनेका छन्, ‘तमु ल्होसार सम्झँदा शिरमा शिरबन्दी, शरीरमा मखमली चोली, घलेक, पटुकी,  छिटको गुन्यु लगाएर मजेत्रो ओढेर घाटु, सोरठी र कौडा नाचेका गुरुङ महिला तथा भोटोमाथि भाङ्ग्रो लगाएर पटुकी र कछाड बाँधेर नाचेका पुरुषहरूको झल्झली सम्झना आउँछ।’

Shivam Cement

प्रधानमन्त्री ओलीले नेपाल संस्कृतिमा धेरै धनी रहेको उल्लेख गर्दै भने, ‘संस्कृतिमा हामी नेपाली धेरै धनी छौँ।’