माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

काठमाडौँ — नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज (बिहीबार) बस्दै छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बैठक बस्न लागेको हो।

Laxmi sunrise bank 2034

बैठकमा केन्द्रीय समिति बैठकका एजेन्डालगायत विषयमा छलफल हुनेछ। भने, यही पुस २१ गतेदेखि बस्ने गरी केन्द्रीय समितिको बैठक बोलाइएको छ।