काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले न्यायलय प्रति विशेष आभार व्यक्त गरेका छन । न्याय प्रणालिमा विश्वास गर्ने ठाँउ भएको उनले उल्लेख गरेका छन ।
अझै धेरै लडाइँ बाकी भएकाले पछी बोल्ने समय आए नबोल भने पनि बोल्ने उनले बताए । रविसहित सूर्यदर्शन सहकारी प्रकरणका प्रतिवादीलाई बिहीबार कास्की जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिएको थियो ।
न्यायाधीश नीतिज राईको एकल इजलासले आदेश दिए लगत्तै रविले बैंक ग्यारेन्टीमार्फत् ६५ लाख धरौटी बुझाएर अदालतबाट निस्किएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता कार्यकर्ता खुशी हुदै नारा बाजि गरेका थिए । काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थिति हुने शर्तमा प्रहरीले रविलाई परिवारको जिम्मा लगाएको हो ।
रविसहित छविलाल जोशी, रामबहादुर खनाल, लिला पछाईं, कृष्णबहादुर गुरुङ, मीना गुरुङ र आरती गुरुङले बिहीबार नै धरौटी बुझाएर रिहा भएका हुन् ।