अमेरिकामा एकदिन पनि टिकेन टिकटक बन्द, ट्रम्पको बयानपछि पुनः खुल्यो

काठमाडौं —   आइतबार बिहानदेखि अमेरिकामा सामाजिक सञ्जाल एप टिकटक बन्द भएको चर्चाले सञ्जाल तात्तिएको थियो। यहाँसम्म कि अमेरिकामा बन्द हुँदा क्यानडाका प्रयोगकर्ता पनि प्रभावित भएको खबर आएको थियो। तर त्यो बन्द केही घण्टा पनि टिक्न सकेन।

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको आश्वासनपछि टिकटकले अमेरिकामा आफ्नो सेवा सुचारु गरेको छ। ट्रम्पले राष्ट्रपतिको पदभार ग्रहणपछि एपलाई प्रतिबन्धमा राहत दिने कार्यकारी आदेश जारी गर्ने वचन दिएपछि यो कदम चालिएको हो। टिकटकले यसअघि अमेरिकामा आफ्नो गतिविधि बन्द गरेको थियो, जुन अमेरिकी कानूनले राष्ट्रिय सुरक्षाको कारण देखाउँदै प्रतिबन्ध लगाउने निर्णय गरेपछि भएको हो।

Laxmi sunrise bank 2034

ट्रम्पले टिकटकलाई ९० दिनको छुट दिन सक्ने बताएका छन्, यद्यपि विगतमा उनी प्रतिबन्धको पक्षमा थिए। अमेरिकी सर्वोच्च अदालतले शुक्रबार यस्तो कानुनको पक्षमा फैसला गरेको थियो, जसपछि टिकटकले प्रतिबन्ध लागू हुनुभन्दा केही घन्टा अघि आफ्नो गतिविधि बन्द गरेको थियो।