अखिल (क्रान्तिकारी)को मतगणना आजै हुने

काठमाडौँ  —नेकपा (माओवादी केन्द्र) सम्बद्ध विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को नेतृत्व चयनका लागि मतदान सम्पन्न भएको छ।

बिहान ९ बजेदेखि सुरू भएको मतदानकोस समय अपराह्न ४ बजेसम्म तोकिएको थियो। यद्यपि ४ बजेअघि नै मतदानका लागि लाइनमा रहेकाहरूले मतदान गरिसक्दा केही ढिलागरी मतदान सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत प्रमुख निर्वाचन अधिकृत मुक्तिनारायण प्रधानले जानकारी दिए।

उनले मतगणना पनि बेलुकादेखि नै सुरू हुने उनले जानकारी दिए। ‘मतगणना सातै प्रदेशमा सम्पन्न भइसकेको छ, मतगणना बेलुकादेखि नै सुरू हुन्छ,’ उनले भने।

Nobel Medical college

निर्वाचनबाट ३३ पदाधिकारी, ४८ सचिवालय सदस्य, १६२ जना केन्द्रीय सदस्य, लेखा, निर्वाचन र अनुशासन आयोगमा पदाधिकारी र सदस्य गरी कुल ३१२ जना छानिनेछन्।

अध्यक्ष पदका लागि चार जना मैदानमा छन्।  चारै जनालाई माओवादीको केन्द्रीय पदाधिकारी तहका छुट्टाछुट्टै नेताहरुको समर्थन छ।

अध्यक्षका उम्मेदवार उपदेश यादव  वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, विजयप्रकाश सापकोटा उपमहासचिव शक्ति बस्नेत, सुदिन पौडेल उपमहासचिव वर्षमान पुन र हेमन्त राई उपमहासचिव जनार्दन शर्मानिकटका हुन्।

उपाध्यक्ष पम्फा भूसाल निकट विश्वमणिथापा र कृष्णबहादुर महरानिकट योगेन्द्र बुढाले उम्मेदवारी फिर्ता लिएर विजय सापकोटालाई समर्थन गरेका थिए।

Global IME Bank

महासचिवमा १० जनाले उम्मेदवारी दिएकोमा ८ जनाको उम्मेदवारी कायम भएको छ। तिर्सना हमाल, पदमप्रसाद काफ्ले, प्रतिक कार्की, रोशन थापामगर, शिव बस्नेत, श्यामकुमार मिजार, सञ्जयकुमार महतो र सञ्जिव फुयाँल महासचिवका उम्मेदवार हुन्।

३३ सदस्यीय पदाधिकारीमा एक अध्यक्ष, ९ उपाध्यक्ष, एक महासचिव,  ९ उपमहासचिव, १२ जना सचिव र एक कोषाध्यक्ष रहनेछन्।