
काठमाडौं — सरकारले ल्याएको अध्यादेशको पक्षमा उभिन नेपाली कांग्रेस र नेकपा एमालेले ह्विप लगाएका छन्।
सरकारले ल्याएका ६ अध्यादेश आज बस्ने दुवै सदनका बैठकमा निर्णयार्थ पेश हुँदैछ। सोही अनुसार दुवै दलले अध्यक्षका पक्षमा उभिन सांसदहरुलाई निर्देशन दिँदै ह्विप जारी गरेका हुन्। उनीहरुले बैठकमा अनिवार्य उपस्थित हुन भनेका छन्।
राष्ट्रिय सभाको बैठक दिउँसो १ बजेर १५ मिनेटमा बस्दैछ भने प्रतिनिधिसभा बैठक दिउँसो १ बजे बस्ने तालिका छ।