जुम्ला, फागुन ३ गते । जिल्लाको पातारासी गाउँपालिकाले सबै नागरिकलाई स्वास्थ्य बिमाको पहुँचमा ल्याउने भएको छ । गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रममा बिमा गर्न छुटेका तथा आर्थिक अवस्था न्यून भएका नागरिकहरुलाई स्वाथ्य सेवाको पहुजमा ल्याउने बताएको छ ।
गाउँपालिकाले वर्षमा दुई जना स्थानीयलाई निःशुल्क एमबीबीएस अध्ययन गर्नका लागि आर्थिक सहयोग गर्ने नीतिअनुसार एक जनालाई पहिलो वर्ष ७ लाख रुपैया प्रदान गरिएको बताएको छ ।
गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रतनबहादुर बुढ्थापाका अनुसार पातारासी गाउयँपालिका ४ का नविन रेउलेलाई एमबीबीएस अध्ययनका लागि सहयोग भएको छ । संयोजक बुढ्थापाका अनुसार रेउले रुपेन्देहीको देवदह मेडिकल कलेजमा अध्ययन गरिरहेका छन् ।