काठमाडौँ, वैशाख २८ गते । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति, बजेट तथा कार्यक्रम तर्जुमा गर्दा नागरिकका चाहनामा आधारित बनाउन सुझाव सङ्कलन संयन्त्र प्रयोगमा ल्याएको छ ।
उक्त संयन्त्रको प्रयोग अनलाइनमार्फत गर्न सकिने छ । कामपाको विकास, सुविधा वितरण, सेवा प्रवाह तथा समृद्धिका लागि कुन कुन क्षेत्रमा कस्ता नीति बनाउनु पर्ला ? कस्ता कार्यक्रम राख्नु पर्ला ? बजेटमा कस्तो किसिमको व्यवस्था गर्नुपर्ला ? लगायत विषयक छनोट गरिएको कामपाका सूचना अघिकारी वसन्त आचार्यले जानकारी दिनुभयो ।
नागरिकको परिकल्पना र समस्या समाधानका न्यूनतम उपाय र योजनाको विवरण जेठ ९ गतेभित्र पठाइसक्नु पर्ने आचार्यको भनाइ छ । सुझाव mबथयच.कभअत२पबतजmबलमग.नयख.लउ मा वा नगर कार्यपालिकाको कार्यालयमा पुगेर उपलब्ध गराउन सकिनेछ ।
कामपाले तोकेको विषयमा सुझाव दिनका लागि जततउ/भकगननभकतष्यलक.पबतजmबलमग.नयख.लउ ठेगानाबाट सुझावसम्बन्धी जानकारी दिने पेजमा पुगिन्छ । यो पेजमा कार्यक्रमसम्बन्धी सामान्य जानकारी, सुझाव पृष्ठमा जाने बटम छ । पेजमा राखिएका विभिन्न शीर्षकमा कति वटा सुझाव प्राप्त भए भन्ने विवरण यही पृष्ठमा हेर्न सकिन्छ ।
कार्यक्रम (बजेट) मा सुझाव दिनुहोस् र नीति निर्माणमा सुझाव दिनुहोस् गरी दुई वटा बटम छन् । यी बटममा छानेर आफूलाई इच्छा भएको शीर्षकमा सुझाव दिन सकिन्छ । त्यहाँ भएका सबै वा आफूलाई आवश्यक भएको शीर्षकमा सुझाव दिन सकिनेछ ।
सुझावका लागि कामपाले भौतिक पूर्वाधार (सडक÷ढललगायत पूर्वाधार) मर्मत, सम्भार तथा पुनःनिर्माण, यातायात तथा सहरी गतिशीलतासँग सम्बन्धित योजना, शैक्षिक क्रियाकलाप र शैक्षिक गुणस्तर वृद्धि, स्वास्थ्य प्रवर्द्धन केन्द्र र आधारभूत स्वास्थ्य सेवा तथा बीमा भवन निर्माण र इजाजत, फोहरमैला व्यवस्थापन सङ्कलन, ढुवानीलगायतको विषय छनोटका लागि राखिएको छ ।
त्यसैगरी पुनःनिर्माण, विद्युतीय शासन प्रणाली, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति विशेष कार्यक्रम, सहकारी दर्ता, नवीकरण तथा नियमन, कानून तथा मानवअधिकारअन्तर्गत न्यायिक प्रणाली, कृषि तथा पशु बजार व्यवस्थापनलगायत छन ।
बधशाला, चिस्यान गृह भण्डारण, विपद् पूर्वतयारी, आपत्कालीन सेवा, चमती मनोहरा जग्गा एकीकरण आयोजना, राष्ट्रिय अन्तर्राष्ट्रिय सङ्घसंस्थासँगको सम्बन्ध र आपसी सहयोगजस्ता विषय रहेका छन् ।