
काठमाडौं, जेठ १५ गते । साधारण खर्च बढ्दा त्यसले अर्थतन्त्रमा समस्या निम्तिएको बनाएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै उनले अर्थतन्त्रमा रहेका समस्या प्रस्तुत गर्नुभएको छ । जसमा उहाँले साधारण खर्च मात्र १२ खर्ब २५ अर्ब ८० करोड पुगेको बताउनुभयो ।
संरचनात्मक तथा केही नीतिगत समस्या रहेको भन्दै उनले रूस–युक्रेन युद्धले आपूर्तिमा असर गरेको बताउनुभयो ।
उच्च ब्याजदर, पूँजीगत खर्च नबढेको, समष्टिगत मागमा कमी आएका कारण पनि अर्थतन्त्र समस्यामा परेको बताउनुभयो । मुद्रास्फीति नियन्त्रण र विनिमय सञ्चिति कायम गर्न लिएका नीतिले पनि समस्या बढाएको उनको भनाइ छ । पछिल्लो समय सूचकांकहरु सुधारोन्मुख रहेको समेत उहाँले बताउनुभयो ।