
काठमाडौं, जेठ १५ गते । सरकारले आगामी आर्थिक वर्षमा नयाँ सवारी नकिन्ने घोषणा गरेको छ।
संघीय संसदमा पेश भएको बजेटमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षमा नयाँ सरकारी भवन पनि नबनाउने घोषणा गर्नुभयो ।
सरकारी अधिकारीहरुलाई दिइने इन्धन सुविधालाई अब नगदमा स्वीकृति मापदण्डमा आधारित भएर नगदमै दिने व्यवस्था गरिने भएको छ ।
त्यसैगरी सरकारी सवारी साधन किन्नुको सट्टा सवारी चढ्ने अधिकारीहरुलाई एकमुष्ट रुपमा नगदै प्रदान गर्ने घोषणा पनि बजेटले गरेको छ ।