
काठमाडौं, असार १९ गते । काम गर्ने वातावरण नभएको र वकिलबाट असुरक्षा बढेको भन्दै जिल्ला अदालत ललितपुरका कर्मचारी सर्वोच्च अदालत पुगेका छन् ।
जिल्ला अदालतमा कर्मचारी प्रशासनको नेतृत्व गर्ने उपसचिव सरहका श्रेस्तेदार विष्णु पाण्डेयसहित सबै कर्मचारी सुरक्षा माग गर्दै सर्वोच्च अदालतका मुख्य रजिष्टार लालबहादुर कुँवरको कार्यकक्षमा पुग्नुभएको हो ।
नेपाल बार एशोसिएशनका पदाधिकारी र वरिष्ठ अधिवक्ताहरूले आफ्नो र नासु प्रेमिका तामाङको नामै किटेर भ्रष्टाचारको आरोप लगाउँदै सरुवा माग गरेको र धम्की दिएकाले असुरक्षित भएर सर्वोच्चमा आउनुभएका पाण्डेले बताउनुभयो ।