काठमाडौं, साउन २१ गते । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतासँग माओवादी, विशेष रुपान्तरण अभियान सञ्चालन गर्ने बताउनभएको छ ।
पार्टी केन्द्रीय समिति बैठकको समापन गर्दै अभियानलाई लिएर सातवटा प्रदेशको ७ वटा वडामा आफू पनि पुग्ने बताउनुभयो । जनताको एउटा घर पनि नछाडि जनताको गुनासो र आलोचना सुन्ने, सहिद परिवारको आफन्तलाई भेट्ने तीन महिले अभियान टुंग्याएर विधान सम्मेलनामा पुग्ने उहाँले उद्घोष गर्नुभयो ।
यस्तै, माओवादीले आइटी फोरम नेपाल’ सञ्चालन गर्न निर्णय पनि गरेको छ ।