
काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंले नेतृत्व गरेको आन्दोलन अनिश्चितकालसम्म जारी रहने भएको छ । भोलिबाट काठमाडौंको तीनकुनेमा प्रदर्शन गर्ने र आन्दोलनलाई ७७ वटै जिल्लामा विस्तार गर्ने प्रसाईंले घोषणा गरिएको छ ।
आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रसाईंले अब ‘श्रीलंका स्टाइलले’ अघि बढ्नेसमेत चेतावनी दिनुभएको छ ।
उहाँले भन्नुभयो,‘अब यो प्रदर्शन व्यवस्था परिवर्तन नहुञ्जेल निरन्तर चल्छ । बिहान ११ बजे खाना खाने र तीनकुने जाने । हामी सिंहदरबारमा पनि जान्छौं, निषेधाज्ञाले केही हुनेवाला छैन । मासले जता भन्छ, जुलुस त्यतै जान्छ ।’
प्रसाईंले भोलिबाट जनसहभागिता दोब्बर हुने दाबी गर्नुभएको छ । अब आफू नै देशको प्रतिपक्ष भएको उनले बताउनुभयो ।
उहाँले थप्नुभयो, ‘अब ७७ वटै जिल्लामा जनविद्रोह सुरु हुन्छ । हामी श्रीलंका स्टाइलले जाने प्लानमा छौं । श्रीलंकामा जस्तै नेतालाई जनताले जहाँ भेट्छन्, त्यही मसाज गर्छन् ।’