दुर्गा प्रसाईँको आन्दोलनको चौथो दिन : आज भक्तपुरमा मोटरसाइकल र्‍याली गर्ने

काठमाडौं, मंसिर १० गते । व्यवस्था परिवर्तनलाई मुख्य एजेन्डा बनाइरहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँले आफ्नो आन्दोलनको चौथो दिन आज भक्तपुरमा मोटरसाइकल -याली गर्ने भएका छन् ।

दुर्गा प्रसाईँका सचिवालय सदस्य विजय कँडेलले प्रर्दशनकारीहरु थाकिसकेकाले आज धेरै ठुलो कार्यक्रम नराखेको जानकारी दिनुभयो ।

‘आजलाई यति मात्र कार्यक्रम राखेका छौँ, सबै जना थाकेकाले’, उहाँले भन्नुभयो, ‘भोलीदेखि फेरी प्रदर्शनका कार्यक्रम बढ्छन् ।’ कँडेलले देशभर आन्दोलन सुरु भएको जानकारी पनि दिनुभयो ।

कँडेलका अनुसार मोटरसाइकल ¥याली सल्लाघारीमा कोणसभामा परिणत हुनेछ। प्रसाईँ समूहले मङ्सिर ७ गतेदेखि राजधानीमा प्रदर्शन गरिरहेको छ ।

सुरुमा वित्तीय संस्था तथा बैङ्कहरूको ऋणबाट ऋणीहरूलाई मुक्ति दिलाउने अभियान सुरु गरेका प्रसाईँ अहिले व्यवस्था परिवर्तनलाई मुख्य एजेन्डा बनाएका छन् ।