दुर्गा प्रसाईँको आन्दोलनको पाँचौ दिन आज गौशालामा साधुसन्तको भेला

काठमाडौं, । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाऊ महाअभियानको आन्दोलनको पाँचौ दिन आज गौशाला केन्द्रित हुने भएको छ।

साधुसन्त तथ पण्डितहरूको ऐकबद्धतामा ११ः ४५ मा हुने भेलामा संयोजक दुर्गा प्रसाईँ आउने कार्यक्रम रहेको नागरिक आन्दोलनका सह प्रवक्ता राजानन्द माण्डव्यले जानकारी दिनुभयो ।

त्यस्तै उहाँले अब आन्दोलन राजधानीसँगै जिल्ला केन्द्रित हुने जानकारी दिनुभयो । ७ गतेको आन्दोलनमा सहभागी हुन आएकालाई जिल्लातर्फ फर्काउने तयारी भइरहेको उहाँले बताउनुभयो ।

‘यो एउटा अभियान हो, सबैले आ–आफ्नो ठाउँबाट गर्ने हो,’ उहाँले भन्नुभयो, ‘राजधानीमा सहित विभिन्न जिल्लाबाट आन्दोलन होस भन्ने चाहन्छौ।’