राेजगार खाेज्दा ज्यान गुमाउन बाध्ये युवा

काठमाडौँ, पुस १३ गते । ललितपुरको बालकुमारीमा आज भएको प्रदर्शनका क्रममा घाइते भएका दुवै जनाको मृत्यु भएको छ । कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएपछि युवाले बालकुमारीमा प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा प्रहरी र युवाहरुको झडपमा प्रहरीले गोली चलाउादा दुवै युवा घाईते भएका थिए ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवम् प्रहरी नायव महानिरीक्षक कुबेर कडायतले दुई जनाको मृत्यु भएको जानकारी दिनुभयो ।
महानिरीक्षक कडायतका अनुसार मृत्यु हुनेमा डोटीका २२ वर्षे वीरेन्द्र साह र दैलेखका २३ वर्षे सुजन रावत हुन् । उहाँले उनीहरुको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको र अर्का एक जना घाइते भएको बताउनुभयो । घाइते रावतको उपचारको क्रममा किष्ट अस्पतालमा र शाहको पाटन अस्पतालमा मृत्यु भएको उहाँले बताउनुभयो ।
सो क्रममा आन्दोलनकारीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला सवार  गाडीमा आगजनी गरेका थिए । त्यसपछि भएको झडपका क्रममा उनीहरु घाइते भएका थिए । अनियन्त्रित भीडलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र हवाइ फायर गरेका थिए ।