न्यायाधीश गिरीकी पत्निद्वारा आत्मदाहको प्रयास

काठमाडौं, पुस २९ गते । सर्वोच्च अदालत परिसरमा न्यायाधीश भुवन गिरीकी श्रीमती आरती गिरी रावलले आत्मदाहको प्रयास गर्नुभएको छ । आइतबार मध्यान्ह उहाँले सर्वोच्च अदालत परिसरमा आत्मदाहको प्रयास गर्नुभएको हो ।

सर्वोच्च अदालतका प्रधान न्यायाधीश कार्यालय प्रवेश गरे लगत्तै रावलले पेट्रोलियम पदार्थ रहेको ग्यालिङबाट शरिरमा तरल पदार्थ छर्की आत्मदाहको प्रयास गर्नुभएको थियो ।

अहिले उहाँलाई उद्धार गरी प्रहरीले वीर अस्पताल लगेको छ। उहाँका श्रीमान् गिरीमाथि वैवाहिक बलात्कारको मुद्दा हाल्नुभएको छ । गिरीलाई थुनामा राख्न माग राख्दै आउनुभएको छ ।