
काठमाडौं, पुस २९ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) माघ १ गते अर्घाधाँची जनुहुने भएको छ । अर्घाखाँचीको पर्यटन प्रवर्द्धन कार्यक्रमको उद्घाटन गर्न उहाँ त्याहाँ जानलाग्नुभउको हो ।
अर्घाखाँचीको आर्थिक विकास, पर्यटन, प्रवर्द्धन तथा स्थानीय रोजगारीका लागि पर्यटन प्रवर्द्धन कार्यक्रम भन्ने मुल नाराका साथ आयोजना हुन लागेको कार्यक्रमको शुभारम्भ भोलि हुने भएको छ ।
जिल्लामा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन उदश्यले सो कार्यक्रम आयोजना गरिएको स्रोतले जनाएको छ । जिल्लामा रहेका धार्मिक, पर्यटकीय र ऐतिहासिक क्षेत्रलाई एकीकृत प्याकेजका रूपमा विकास गरेर पर्यटक आकर्षण गर्ने कार्यक्रमको उद्देश्य हो ।
गौतमबुद्धको जन्मस्थल लुम्बिनी क्षेत्रमा आएका पर्यटकलाई सुपादेउराली लैजाने र सुपादेउराली आएका पर्यटकलाई जिल्लाका अन्य गन्तव्यसम्म पु¥याउने कार्यक्रमले सहयोग पुग्ने सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले जनकारी दिनुभयो ।
जिल्लाका धार्मिक, ऐतिहासिक तथा पर्यटकीय क्षेत्रको विस्तृत डकुमेन्ट्री (वृत्तचित्र), ब्रोसर, पहिचानसहितका टिसर्ट, टोपी, डटपेन, किचेनलगायतका सामग्रीसहित देशका प्रमुख सहर तथा छिमेकी मुलुक भारतका केहीँ स्थानमा पुगेर व्यापक प्रचारप्रसार भईरहेको छ ।