धादिङबेंसीबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६५१२ नम्बरको ईभी माइक्रो बस गजुरी–५ जरेखोला नजिक पहिरोमा पर्दा पहिरोसँगै ढलेको रुख माइक्रो बसमाथि बजारिएको थियो । गुडिरहेको माइक्रो बसमाथि रुख खस्दा ७ जना यात्रु घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि गजुरी अस्पताल लगिएको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार माइक्रो बसमा सवार घाइते भएका ७ जना यात्रुहरुको परिचय खुलिसकेको छैन । हाल अवरुद्ध भएको सडक खुलाउने काम भइरहेको छ ।