घोराहीको महेन्द्र बहुमुखी क्याम्पसमा सुतली बम विस्फोट, दुई विद्यार्थी पक्राउ

दाङको घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पसमा बिहीबार बिहान ९ बजेतिर सुतली बम विस्फोट भएको छ ।

बम विस्फोट गराएको आरोपमा प्रहरीले सोही क्याम्पसमा पढ्ने दुई जना विद्यार्थीलाई नियन्त्रणमा पनि लिएको छ ।

क्याम्पसकै प्लस टुका विद्यार्थीहरू घोराही उपमहानगरपालिका वडा नम्‍बर १५ का अभियान थापा र सुभम कार्की पक्राउ परेका हुन् ।

पक्राउ परेका विद्यार्थीहरूले रमाइलोका लागि सुतली बम विस्फोट गराएको बयान दिएको प्रहरीको भनाइ छ ।

मोटरसाइकलमा आएका दुई जनाले सुतली बम विस्फोट गराएर भागेका थिए । भाग्दै गर्दा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ । घटना भएपनि क्याम्पसमा पठनपाठन भने रोकिएको छैन ।