महेन्द्रनगरबाट काठमाडौं आउँदै गरेको सुदूरपश्चिम प्रदेश–०२–००१ ख १३३२ नम्बरको बस मुग्लिन–नारायणगढ सडकखण्डमा आफैँ अनियन्त्रित भएर दुर्घटना हुँदा १८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले बताए ।
भरतपुर महानगरपालिका–२९ स्थित घुमाउनेमा दुर्घटनामा परेर ४ जना पुरुष र १४ जना महिला घाइते भएका हुन् । उनीहरुको भरतपुर र जनता केयर अस्पताल मुग्लिनमा उपचार हुँदैछ । बस चालक कञ्चनपुरको बेदकोट नगरपालिका–३ घर भएका २६ वर्षीय बलराम पन्तको दाहिने कुहिनो र ढाडमा चोट लागेको छ । उनको जनता केयर अस्पतालमा उपचार भइरहेको डीएसपी रिजालले बताए ।