रूख र बिजुलीको पोल ढल्दा नारायणघाट-मुग्लिन सडक अवरूद्ध भएको छ ।
आइतबार बिहान सवा ८ बजेतिर भरतपुर महानगरपालिका-१ पानी ट्यांकी ओरालोमा सालको रूख र बिजुलीको पोल ढल्दा सडक अवरूद्ध भएको हो ।
सालको रुख ढलेपछि अवरुद्ध बनेको नारायणघाट–मुग्लिन सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी भेषराज रिजालले जानकारी दिए ।