बारेकोट गाउँपालिका–६ धुमामा खसेको पहिरोमा पुरिएका बारेकोट गाउँपालिका–६ की वडा सदस्य प्रेमकुमारी र उनका श्रीमान् मानबहादुर चलाउने मृत फेला परेका छन् ।
पहिरोको सूचनापछि पुगेको प्रहरी टोली र स्थानीयले चलाउने र उनकी श्रीमती ३८ वर्षीया प्रेमकुमारी चलाउनेलाई मृत अवस्थामा पहिरोबाट निकालेको जाजरकोटका डिएसपी पुरूषोत्तम प्रसाद पाण्डेले जानकारी दिए ।
शनिबार बेलुकादेखिको वर्षाका कारण आएको पहिरोले चार जना सुतिरहेको घर पुरेको थियो । पहिरोले घर पुर्न थालेपछि मानबहादुरका दाइकी छोरी १६ वर्षीया विमला चलाउने भने सकुशल घरबाट निस्कन सफल भएकी थिइन् ।
चलाउनेकी छोरी ११ वर्षीया छोरी सम्झनाको भने घाइते अवस्थामा उद्धार गरी लिम्सास्थित अस्पताल पुर्याइएको छ ।