कुपण्डोलमा सडक भासिएर पानी निस्कियो

शनिबार दिउँसो ललितपुरको कुपण्डोलबाट पुल्चोकतर्फ जाने ठाउँमा होटल हिमालय अगाडिको सडक फुटेर पानी बगेको छ ।

सडकबाट पानी निस्कँदा गाडी तथा मोटरसाइकल चालक र सडक छेउका व्यापारीहरु समस्यामा परेका छन् । उक्त पानी ढल फुटेर हो वा मेलम्ची आयोजनाको पाइप फुटेर सडकमा निस्केको अनुमान मात्र गरिएको छ । स्थानीयका अनुसार पहिला त्यस ठाउँमा इनार रहेको पनि खुलेको छ । पानी निस्किएका कारण सडक भने भासिएको छ ।