कैलाली कारागारमा बन्दीको मृत्यु

हाडनाता करणी मुद्दामा कारागार चलान भएका घोडाघोडी नगरपालिका-४, कैलाली का २३ वर्षीय दिपक बिकको कारागार भित्रै सोमबार मृत्यु भएको प्रहरीले जनाएको छ ।

दिउँसो साढे ३ बजेको समयमा बिक शौचालयमा लडेको अवस्थामा भेटिएका थिए । उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएकोमा त्यहीँ उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कबिन्द्रसिंह बोहोराले जानकारी दिए ।

प्रादेशिक अस्पतालको शव गृहमा उनको शव परीक्षणका लागि राखिएको छ । घटनाबारे बाँकी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।