काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा)का सभापति रवि लामिछानेसँग आज पनि रुपन्देहीमा बयान सुरु भएको छ।
बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन आरोपमा अनुसन्धानका क्रममा उनीसँग जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीमा बयान सुरु भएको हाे।
पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेसँग आज तेस्रो दिन बयान लिइएकाे हाे। यसअघि मंगलबार र बुधबार पनि उनीसँग बयान लिइएको थियो।
कात्तिक २ गते पक्राउ गरी कास्की प्रहरीकाे हिरासतमा राखिएका रविलाई मंगलबार हवाई जहाजमार्फत भैरहवा हुँदै रुपन्देही लगिएकाे थियाे।
पाेखराकाे सूर्यदर्शन सहकारीसँगै रुपन्देहीकाे सुप्रिम सहकारीकाे पनि रकम अपचलन गरेकाे आराेपमा अनुसन्धान गर्न रविलाई लगिएकाे हाे।
बयान सकिएपछि भने उनलाई पाेखरा (कास्की) नै लगिनेछ।