धितोपत्र बोर्ड अध्यक्षका तीन उम्मेदवारलाई फेरि अन्तर्वार्तामा बोलाइयो

काठमाडौँ — नेपाल धितोपत्र बोर्डका अध्यक्ष तीन उम्मेदवारलाई सरकारले फेरि अन्तर्वार्तामा बोलाएको छ।

सरकारले आज सार्वजनिक सूचना प्रकाशित गर्दै अध्यक्षका तीन उम्मेदवारलाई मंसिर ९ गते बिहान ८ बजे अन्तर्वार्ताका लागि बालाएको छ। सरकारले सर्टलिस्टमा रहेका कृष्णबहादुर कार्की, चिरञ्जिवी चापागाईं र डा. नवराज अधिकारीलाई अन्तर्वार्ताका लागि बोलाएको हो ।  यसअघि असोज १८ गते अन्तर्वार्ताको मिति तय भएपनि सिफारिस समितिका संयोजक डा. शिवराज अधिकारी बिरामी भएपछि स्थगित भएको थियो।

सर्टलिस्टमा परेका पाँचमध्ये २ जनाले अन्तर्वार्ता तथा कार्यप्रस्तुति दिइसकेका छन्। जसमा सन्तोषनारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठ छन् ।

धितोपत्र बोर्ड २०८० पुस २० पछि कार्यकारी अध्यक्षविहीन छ ।