रुपन्देहीमा सकियाे रविकाे बयान, आजै पोखरा पठाइँदै

काठमाडौँ — रुपन्देही सरकारी वकिलकाे कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापित रवि लामिछानेसँग तीन दिन लगाएर बयान लिएर सकाएको छ। मंगलबारदेखि आज बिहीबार साँझसम्म बयान लिएर सकाएको हो।

सुप्रिम सहकारीको रकम ठगीमा संलग्न देखिएपछि उनलाई मंगलबार पोखराबाट जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देही ल्याइएको थियाे। तीन दिनको बयानपछि उनलाई फेरि पोखरा पठाइँदै छ।

उनलाई आज गौतम बुद्ध विमानस्थलबाट बुद्ध एयरको जहाजमार्फत पोखरा पढाइँदैछ। साढे ६ बजे भैरहवादेखि पोखरालाई बुद्ध एयरको अन्तिम उडान रहेको र सोही विमानमार्फत पोखरा पठाइन लागिएको रुपन्देही प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डिएसपी) लक्ष्मी खनालले जानकारी दिइन्।