यू-१९ विश्वकपमा छनोट नेपाली महिला टोलीलाई क्यानले जनही साढे २ लाख दिने

काठमाडौँ — यु-१९ महिला विश्वकपमा छनोट भएको नेपाली महिला क्रिकेट टोलीलाई सरकारले पुरस्कृत गर्ने भएको छ ।

बिहीबार नेपाल क्रिकेट संघ (क्यान)ले यू-१९ महिला टोलीलाई जनही साढे २ लाख पुरस्कार प्रदान गर्ने घोषणा गरेको प्रवक्ता छुम्बी लामाले जानकारी दिए । बुधबार विश्वकपको एसिया छनोटको निर्णायक खेलमा नेपालले युएईलाई पराजित गर्दै विश्वकपमा स्थान सुरक्षित गरेको थियो । नेपाली महिला टोली आज स्वदेश फर्कँदै छ । त्रिभुवन विमानस्थलमा उनीहरुलाई भव्य स्वागत गर्ने तयारी रहेको पनि क्यानले जनाएको छ।