काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्काे बैठक बाेलाएका छन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार आज (बिहीबार) अपराह्न ४ बजे सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्नेछ। बैठकले सरकारका कारबाहीका विषयमा विभिन्न निर्णय गर्ने बताइएको छ।
बैठकले प्रधानमन्त्री ओलीको आगामी साता हुने भनिएको चीन भ्रमणको कार्यतालिकालाई स्वीकृत गर्ने बुझिएको छ।
त्यस्तै बैठकमा केही नियुक्ति तथा बढुवाका साथै केही अन्य निर्णय हुन सक्ने बताइएको छ।