तीन बुँदे सम्झाैता कार्यान्यव भए ०८४काे चुनाव लड्न तयार छाैँ- विप्लव

काठमाडौँ  — नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द विप्लव (सी)ले सरकारसँग भएकाे तीन बुँदे सम्झाैता कार्यान्वयन भए आगामी निर्वाचन लड्ने बताएका छन।

Laxmi sunrise bank 2034

काठमाडाैँकाे भृकुटीमण्डपमा शनिबार पार्टीको ११औँ ऐतिहासिक पार्टी पुर्नगठन दिवसको अवसरमा आयाेजित विशाल जनसभा सम्बाेधन गर्दै ०८४मा चुनाव लड्न तयार रहेकाे बताएका हुन्।

एमाले अध्यक्ष केपी शर्मा ओलीले तीन बुँदे सम्झाैतामा धाेका दिएकाे उल्लेख गर्दै अहिले प्रधानमन्त्री भएकाे बेला ओलीले त्याे सम्झाैता कार्यान्वयन गरे सबै तहका निर्वाचन लड्ने उनकाे भनाइ छ। नेकपा नयाँ पुराना सबै दलसँग सबै तहका चुनाव लड्न तयार रहेकाे विप्लवले बताए।

उनले सरकारले अहिले पनि १३ जना निर्दाेष व्यक्तिहरुलाई थुनामा राखेकाे उल्लेख गर्दै उनीहरुकाे रिहाकाे माग गरे।

Nabil bank