काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले स्थानीय तह उपनिर्वाचनका लागि सेना परिचालन गर्न स्वीकृति दिएका छन्।
यही मङ्सिर १६ गते हुने उपनिर्वाचन सुरक्षित, भयरहित, निष्पक्ष एवम् शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सेना परिचालन गर्न राष्ट्रपति पौडेलले स्वीकृति प्रदान गरेका हुन्।
मन्त्रिपरिषद्को ६ गतेको निर्णय बमोजिम प्रधानमन्त्रीको सिफारिसमा स्थानीय तह उपनिर्वाचनमा सेना परिचालन गर्न संविधानको धारा ६६ को उपधारा (२) बमोजिम स्वीकृति प्रदान गरिएकाे राष्ट्रपति कार्यलयले विज्ञप्तिमार्फत उल्लेख गरेकाे छ।