बालेनविरुद्ध रुखाे टिप्पणी गरेपछि विवादमा सञ्चारमन्त्री

काठमाडौँ  —  काठमाडाैँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)विरुद्ध रुखाे टिप्पणी गरेपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ विवादमा परेका छन्।

उनले कान्तिपुर टेलिभिजनमा अन्तर्वार्ताकाे क्रममा महानगरले गरेकाे ‘एक लाख जरिवाना’बारे मेयर बालेनप्रति रुखाे टिप्पणी गरेका थिए।

अन्तर्वार्ताका क्रममा प्रस्ताेता रुपेश श्रेष्ठले सञ्चारमन्त्री गुरुङलाई अर्जनु पराजुलीले लेखेकाे भाइरल कविता सुनाएका थिए। त्यसपछि आक्राेशित हुँदै गुरुङले भनेका छन्, ‘त्याे बालेनकाे कुरा हाे, तपाईंले त्यही कुरा ल्याएर भन्नु भएकाे छ। त्याे मेयरले हामीलाई एक लाख जरिवाना भनेर भन्न पाउँछ कहीँ? त्याे कहाँकाे महाराज भएछ।’

Laxmi sunrise bank 2034

त्यसपछि प्रस्ताेता श्रेष्ठले ‘उहाँले कानुनमा टेकेर पत्र लेख्नु भएकाे छ’ भनेका थिए। त्यसपछि मन्त्री गुरुङले फेरि रिसाउँदै भनेका छन्, ‘अहिले त बालेनले गु** साेर्ने कुरा गरेपनि ठिक, बालेनले सुन फलाउने कुरा गरे पनि ठिक त्यस्तै जमाना आइसक्याे।’

उनले कुनै पार्टीकाे सभामा चिर्कटाे भटियाे भन्दैमा जरिवाना पत्र काट्ने अधिकार मेयरमा नभएकाे दाबी गरेका छन्।

गत शुक्रबार काठमाडाैँकाे दरबारमार्गमा जागरणसभा गरेर सडक र सडकपेटीमा फाेहाेर गरेकाे भन्दै काठमाडाैँ महानगरपालिकाले नेकपा (एमाले)लाई एक लाख रुपैयाँ जरिवान गरेकाे छ। यद्यपि, एमालेले जरिवाना पत्र काटेर आफ्नाे अपमान गरेकाे भन्दै जरिवाना नतिर्ने घाेषणा गर्दै आएकाे छ।

Nabil bank

यसै क्रममा रुखाे बाेलेका सञ्चारमन्त्रीकाे अहिले समाजिक सञ्जालमा चर्काे विराेध मात्रै भइरहकाे छैन उनकाे बाेल्ने शैलीमाथि नै प्रश्न उठेकाे छ।यसअघि पनि गुरुङ प्रहरी प्रमुखकाे जिब्राे थुतिदिने भनेर टिप्पणी गरेपछि आलाेचित भएका थिए।