नेपाल र चीनबीच आठ सहमतिपत्रमा हस्ताक्षर

काठमाडौँ —  नेपाल र चीनका प्रधानमन्त्रीको उपस्थितिमा व्यापार प्रवर्द्धन, प्राविधिक सहयोग आदान–प्रदानलगायत विभिन्न आठ विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओली र चीनका प्रधानमन्त्री ली छ्याङबिच ग्रेट हल अफ पिपलमा दुईपक्षीय भेटवार्तापछि आपसी सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको होे ।  नेपालबाट परराष्ट्रसचिव र सचिवले हस्ताक्षर गरेका छन् । प्राविधिक तथा आर्थिक सहायता, नेपालका उत्पादन निर्यात, केही परियोजना निर्माणलगायतका विषयहरू समावेश छन् ।

वार्ताअघि प्रधानमन्त्री ओलीलाई चिनियाँ जनमुक्ति सेनाले ‘गार्ड अफ अनर’ प्रस्तुत गरेको थियो । प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल चीनको औपचारिक भ्रमणमा हिजो बेइजिङ पुगेकाे हाे ।