सहकारी ऐनको उल्लघंन कारण हालको समस्या आयो : मन्त्री अधिकारी

काठमाडौँ — भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सहकारी ऐन भित्र बसेर काम गरेको भए वर्तमान अवस्था सिर्जना नहुने बताएका छन्।

मंगलबार काठमाडौंमा आयोजित सहकारीको समसामयिक अड्चन र निकास विषयक प्रदेश स्तरीय गोष्ठी कार्यक्रममा मन्त्री अधिकारीले सहकारी ऐनको उल्लंघन भएको कारण हालको समस्याहरु देखा परेको बताएका हुन्।

‘सहकारी ऐन २०७४ को अधिनमा रहेर काम गरेको भए यस्तो समस्या आउने थिएन्। सहकारीका समस्या र यसको समाधान बारे मैले अनुभुति गरेको छु। हामीले नीति, नियम, विधि, परिधिर कानून सबै बनाउछौं तर त्यो बनाएर मात्र हुँदैन, व्यवहारमा कतिलागू गर्नुपर्छ,’ मन्त्री अधिकारीले भने।

यस्तै, मन्त्री अधिकारीले विगतमा भएका कमी कमजोरीलाई ध्यानमा राखेर आगामी योजना बनाउनु पर्ने भन्दै सहकारी प्रति जुन भ्रम फिजाइएको छ त्यसलाई हटाउन आवश्यक भएको बताए।

‘हामीले सहकारी सहि हो भनेर प्रमाणित गर्न सन्देश मूलक तरिकाबाट सबै जनताको बीचमा पुर्‍याउन लाग्न जरुरी छ। त्यस कारण हामीले पहिला यता तिर ध्यानदिन आवश्यक छ,’ उनले भने, ‘यसबाट सहकारीमा देखिएका समस्या धेरै मात्रामा हल हुन्छ। हाम्रो प्रचारमा नै कमि भएको छ।’

साथै सहकारी राम्रो तरिकाले चल्यो भने मात्र राष्ट्रमा स्थिरता, जनताको आर्थिक अवस्थामा सुधार र व्यवसायिक रुपमा विकास हुन भएकाले यस तर्फ पनि ध्यान दिन आवश्यक रहेको बताए।