काठमाडौँ — सोहेल तनवीर र रिजन ढकालले घातक बलिङ गरेपछि नेपाल प्रियिमर लिग (एनपिएल)मा चिवतन राइनोजले लागतार दोस्रो जित निकालेको छ।
मंगलबार कीर्तिपुरस्थित टियू मैदानमा भएको दोस्रो खेलमा १६२ रनको लक्ष्य पछ्याएको पोखराको टप अर्डर पावरप्लेमै तनवी र रिजनले ढालेपछि चितवनले सहज जित निकाल्यो। मध्यक्रम स्पिनर लुक बेनकेन्स्टनले धरासायी बनाएपछि पोखरा १३.२ ओभरमा ७४ रनमै अलाउट भयो।
पावरप्लेमै ७ विकेट गुमाएको पोखराका लागि अन्तिमतिर नारायाण जोशी र मार्कस क्रिच्लीले इनिङ उकासेका थिए। नारायणले २४ बलमा ३ चौका र २ छक्का मद्दतमा ३० रन बनाए भने क्रिच्लीले १७ रन बनाए। अन्यले भने दोहोरो अंकम स्कोर बनाउन सकेनन्।
बलिङमा चितवनका तनवीर, रिजन र बेनकेन्स्टेनले समान ३ विकेट लिए। अर्को विकेट दीपक बोहराको नाममा रह्यो।
त्यसअघि पहिला पहिला ब्याटिङ गरेको चितवन राइनोजले रवि बोपराको अर्धशतक मद्दतमा निर्धारित ओभरमा ७ विकेटको क्षतिमा १६१ रन बनायो।
चितवनका लागि अनुभवी इंग्लिस अलराउन्डर बोपराले ३८ बलमा समान ३ चौका र छक्का प्हार गर्दै ५१ रन बनाए। यस्तै, कप्तान कुशल मल्लले २३ बलमा १ चौका र ४ छक्का प्रहार गर्दै ३८ रनको इनिङ खेले।
४६–३को दबाबपूर्ण अवस्थाबाट चौथो विकेटका लागि कुशल र बोपराले ६८ रनको महत्वपूर्ण साझेदारी गरेका थिए। यी दुवै आउट भएपछि चिवतनको ठूलो योगफल बनाउन सकेनन्।
बलिङमा पोखराका बिपिन खत्री, बास डे लिड र रेयमन रेइफरले समान २ विकेट लिए भने सागर ढकालको नाममा १ विकेट रह्यो।
यो चिवनको लागातार दोस्रो जित हो। यसअघि चितवनले पहिलो खेलमा काठमाडौं गुर्खाजमाथि ५ विकेटको जित निकालेको थियो। पोखराको पहिलो खेल हो।