राष्ट्रपति पौडेल अस्पताल भर्ना

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन्। बुधबार बिहान उनी महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल भर्ना भएका हुन्।

प्रोटेस्टसम्बन्धी उपचारका लागि उनी अस्पताल भर्ना भएकाे अस्पतालका कार्यकारी निर्देशक प्राध्यापक डा.घनश्याम गुरुङले जानकारी दिए।

उनका अनुसार राष्ट्रपतिकाे अहिले उपचार भइरहेको छ।