रवि लामिछानेलाई थप पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौँ —   राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिइएको छ । बिहीबार जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई पाँच दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो ।

गत कात्तिक २ गते पार्टी केन्द्रीय कार्यालय वनस्थलीबाट पक्राउ परेका लामिछानेमाथि सहकारी ठगीसँगै सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुरमा प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रहरीका अनुसार लामिछानेमाथिको अनुसन्धान अन्तिम चरणमा पुगेको छ ।