विराटनगर किंग्सले काठमाडौंलाई दियो ११८ रनको लक्ष्य

काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपिएल) मा विराटनगर किंग्सले काठमाडौं गुर्खाजलाई ११८ रनको लक्ष्य दिएको छ।

काठमाडौंले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको विराटनगर अन्तिम बल खेल्न बाँकी छदा ११७ रनमा अलआउट भयो।

Laxmi sunrise bank 2034

विराटनगरका लागि ओपनर लोकेश बम ८ रनमा आउट भए भने दीपक बोहरा २० रन जोड्न सके। निकोलास किर्टोन १२ रनमै पेभिलियन फर्कदा स्टक इडवार्डले १५ रन र बसिर अहमदले १३ रन जोड्न सके। इस्माल अलाम ५ रन, क्रिस सोल १ रन र कप्तान सन्दीप लामिछाने शून्यमा आउट भए।

राजेश पुलामी मगरले अन्तिम ओभरको तेस्रो बलमा आउट हुनुअघि २५ रन बनाए। उनले २१ बलमा १ चौका र १ छक्का प्रहार गरे।

बलिङमा काठमाडौंका गेरार्ल्ड इरासमसले ३ विकेट लिए भने दिपेश कँडेलले २ विकेट लिन सफल भए। विराटनगर प्लेअफ दौडबाट बाहिरिसकेको छ भने काठमाडौंलाई प्लेअफ पुग्न आजको खेलमा जित निकाल्ने पर्न दबाब छ।

Shivam Cement