काठमाडौँ — शुक्रबार र शनिबार देशका धेरै ठाउँमा वर्षा हुने सम्भावना रहेकाे भन्दै सतर्क रहन आग्रह गरिएकाे छ।
माैसम पूर्वानुमान महाशाखाले बिहीबार साँझ ४ बजे विशेष बुलेटिन जारी गर्दै पश्चिमी न्यून चापीय प्रणालीका कारणले देशका हिमाली र पहाडी क्षेत्रमा दुई दिन वर्षा हुने जानकारी गराउँदै सतर्क रहन आग्रह गरेकाे हाे।
महाशाखाकाअनुसार शुक्रबार साँझबाट देशका धेरै ठाउँमा आंशिकदेखि साधारणतया बदली हुन सुरु हुनेछ। त्यसपछि शनिबार साझैसम्म देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाकाे सम्भावना रहेकाे छ।
तर भारी वर्षाकाे भने सम्भावना छैन। शनिबार सदूरपश्चिम र कर्णाली प्रदेशकाे हिमाली तथा पहाडी क्षेत्रका अधिकांश क्षेत्रमा हिमपातकाे सम्भाना रहेकाे छ।
यस्तै गण्डकी, बागमती, काेशी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा हिमपातकाे सम्भावना रहेकाे छ।
वर्षाकाे सम्भाना भने सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै स्थानमा रहेकाे छ भने लुम्बनी, गण्डकी, बागमती, मधेश, काेशी प्रदेशका केही स्थानमा वर्षा हुने सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ।
शुक्रबारदेखि पश्चिमी न्यून चापीय प्रणालीका कारण देशभर तापक्रम घट्ने भएकाले सतर्क रहन पनि महाशाखाले आग्रह गरेकाे छ।