काठमाडौँ — अमेरिकी पूर्वराष्ट्रपति जिम्मी कार्टरको निधन भएको छ । उनको निधन अमेरिकी पूर्वी समयअनुसार आइतबार अपरान्ह प्लेन्स, जोर्जियास्थित घरमै भएको हो। उनी लामो समयदेखि अस्वस्थ थिए ।
नेपालको शान्ति प्रक्रियाका एक हस्ती तथा नेपालका हितैषी उनको निधन एक सय वर्षको उमेरमा भएको हो l शतायु बाँच्ने उनी पहिलो अमेरिकी राष्ट्रपति हुन् ।
दुईपटक नेपालको भ्रमण गरेका कार्टरले नेपालको पहिलो संविधान सभा चुनावको पर्यवेक्षण पनि गरेका थिए ।
कार्टर सेन्टर स्थापना गरेर मानव अधिकार तथा शान्ति स्थापनामा सक्रिय कार्टर अमेरिकाका ३९औं राष्ट्रपति हुन् । उनी डेमोक्रेटिक पार्टीको तर्फबाट सन् १९७७ मा राष्ट्रपति निर्वाचित भएका थिए ।
राष्ट्रपति हुनुभन्दा अगाडि जर्जियाबाट सिनेटर रहेका उनी जर्जियाका गभर्नर पनि रहे । राजनीतिमा जानु अघि कार्टर बदाम उत्पादन गर्ने एक किसान र अमेरिकी नौसेनाका लेफ्टिनेन्ट थिए ।
राजनीतिमा जानु अघि कार्टर बदामका किसान र अमेरिकी नौसेना लेफ्टिनेन्ट थिए । कार्टर एक कार्यकाल जर्जियाको गभर्नर भएपछि सन् १९७७ देखि १९८१ सम्म अमेरिकाको राष्ट्रपति भएका थिए ।
कार्टर सेन्टर स्थापना गरेर मानव अधिकार तथा शान्ति स्थापनामा सक्रिय कार्टरको अगुवाइमा सन् १९७८ मा इजिप्टका राष्ट्रपति अनवर सदात र इजरायली प्रधानमन्त्री मेनाकेम बेगिनसँगको क्याम्प डेभिड सम्झौता भएको थियो । मध्यपूर्वमा शान्ति स्थापनामा अहम् भूमिका रहेको छ । उनी सन् २००२ मा नोबल शान्ति पुरस्कारबाट सम्मानित भएका थिए ।
सादा जीवन उच्च विचारका कार्टरलाई अमेरिकी जनता एक सच्चा अमेरिकीका रूपमा सम्मान गर्छन् ।
उनको निधनमा अमेरिकी राष्ट्रपति जो बाइडेनलगायतका नेताहरूले गहिरो शोक व्यक्त गर्दै उनको योगदानको सम्मान व्यक्त गरेका छन् ।